स्थापना दिवसको अवसरमा पत्रकारहरुको निःशुल्क आँखा जाँच

सुर्खेत । सुर्खेतका पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ। नेपाल नेत्रज्योति संघको सहकार्य, एकीकृत आँखा तथा कान कार्यक्रमकाृ व्यवस्थापनामा तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको आयोजनामा आँखाको जाँच गरिएको हो।

नेपाल नेत्रज्योति संघको ४५ औँ स्थापना दिवस र पत्रकार महासंघको ६८ औँ स्थापना दिवसको अवसरमा अवसरमा पत्रकारहरुको निःशुल्क आँखा जाँच शिविर गरिएको हो।

शिविर कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले पत्रकारहरुको दृष्टि स्वास्थ्यमा देखिने समस्यालाई समाधान गर्नका लागि कार्यक्रमको आयोजना भएको बताए। शर्माले पत्रकार हरु बढी समय इलेक्ट्रोनिक सामाग्रीको नजिक रहेर काम गर्नु पर्ने भएकाले समय–समयमा आँखा जाँच गराउनु पर्नेमा जोड दिए।

यस्तै, एकीकृत आँखा तथा कान कार्यक्रमका कर्णाली प्रदेश संयोजक मानबहादुर कुँवरले अन्धोपनलाई हटाउँन कर्णालीमा आँखा उपचारका लागि छुट्टै रणनीति बनाएर काम गरि रहेको बताए। उनले भने, ‘विधुतिय सामाग्रीहरुमा बढी बस्नु पर्दा पत्रकारहरुका आँखामा विभिन्न समस्या देखा पर्ने हुन्छ। ती समस्यालाई समाधान गर्नका लागि स्थापना दिवसको अवसर पारेर निःशुल्क आँखा जाँच शिविरको आयोजना गरिएको हो।’

यस्तै, पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले आँखा स्वास्थ्यका लागि निकै महत्वपूणर् कार्यक्रम रहेकाले सेवा लिन आग्रह गरे। सञ्चार क्षेत्र राज्यको चौथों अंग मात्रै नभई तेस्रो आँखा भएकै कारण पत्रकारका दृष्टि र सोचाई स्वस्थ हुनुपर्ने बताए।

साथै शिविरमा सुर्खेतका करिव ५५ जना पत्रकारहरुको निःशुल्क आँखा जाँच तथा औषधी र चश्मा वितरण गरिएको छ।

तपाईको प्रतिक्रिया