कर्णाली प्रदेश सभाकाे बैठकमा यी विधेयक हुँदैछन् टेवल

सुर्खेत । कर्णाली प्रदेश सभाको बैठकमा दुई वटा विद्येयकमा टेबुल हुने भएका छन् । सभामुख नन्दा गुरुङको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय बैठकले नवौँ बैठकमा दुईवटा विधेयकमा टेबुल गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेश खेलकुद विकास ऐन, ०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएको आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सरकार प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिएका छन् ।

उक्त विधेयककहरु सभाको नवौ बैठकमा टेबुल हुने ।प्रदेश सभा सचिवालयले जनाएका छ । सभाको ८ औँ बैठक चैत्र १४ गते मंगलबार दिउँसो ३ बजे बस्ने छ । सर्वदलीय बैठकमा मुख्यमन्त्री राजकुमार शर्मा, एमाले संसदीय दलका नेता यामलाल कँडेल, नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, राप्रपा सांसद सन्तोषी शाही, स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही, एकीकृत समाजवादीकी सांसद कल्याणी खड्का, आन्तरिक मामिला मथा कानुन मन्त्री लगायत सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया