जबरजस्ती करणी मुद्दामा फारार प्रतिवादी पक्राउ

सुर्खेत । जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत सुर्खेतले २०७९÷०५÷२३ गतेको फैसलाले छोटु भन्ने समिर अहमद कबडिया भएको जबरजस्ती करणी मुद्दामा २ बर्ष ३ महिना कैद र २५ हजार जरीवाना तोकिएको थियो।

उक्त जरिवाना तोकिएपछि फरार रहेका कबडियालाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेसँग समन्वय गर्दै खोजतलासी गरेको थियो।

खोज्दै जाने क्रममा चैत १२ गते ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले पक्राउ गरेको हो।
फरार कबडियालाई अड्डासार गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा उपस्थित गराएपश्चात चैत १४ गते जाजरकोट जिल्ला अदालतमा पेश गरीएको छ।

तपाईको प्रतिक्रिया