एमालेले मुख्यमन्त्री शर्मालाइ विश्वासको मत दिने

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने भएको छ। शुक्रबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको नवौँ बैठकमा आफ्ना धारणा राख्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले विश्वासको मत दिने बताए।

उनले भने, ‘हामी सत्ता पक्षकै सिटमा बसेका छौँ। हामी बसेको अगाडी सत्ता पक्ष लेखेको छ। सत्ता पक्षमा बसेर विपक्षमा मत दिँदैन्। यदी विपक्षमा मातदान गर्ने भए हामीले त्यही अनुसारको तयारी थाल्ने थियौँ। हामी र हाम्रो दल आज जो अवस्थामा छ। त्यहीँ अवस्थामा रहनेछ। यसमा कुनै दुविदा छैन्।

तपाईको प्रतिक्रिया