कर्णाली सरकारलाई कांग्रेसले विश्वासको मत दिने संकेत

 सुर्खेत । नेकपा माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारलाई नेपाली कांग्रेसले विश्वासको मत दिने संकेत गरेकाे छ। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको नवौँ अधिवेशनको नवौँ बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले संविधानको धारा १८८ (२) बमोजिम संसदमा विश्वासको मत छ भनेर राखेको प्रस्तावमा कांग्रेसले विश्वासको मत दिने संकेत गरेकाे हाे।

‘सरकार बहुमतमै छ । किन विश्वासको मत दिने भन्ने पनि लागेको छ। तर, सरकार प्रमुखको फोन, पार्टी प्रमुखको फोनले जे भए पनि विश्वासको मत दिउँजस्तो लाग्छ,’ संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘बहुमत हुँदा पनि उतिबेलै मैले भनेको थिएँ सरकारलाई संकट परेका बेला हामी छँदैछौँ। तर, यदि सरकार संकटमा परेको हो भने म दलको नेताको हिसाब र मेरो संसदीय दलले सकारात्मक सोच्नेछौँ।’

गत माघ ६ गते एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकिकृत समाजवादीको समर्थनमा बनेको कर्णाली प्रदेश सरकार राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।

तपाईको प्रतिक्रिया