देशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं।  देशका केही प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ। कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको हो।

स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

विभागले आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।

तपाईको प्रतिक्रिया