कर्णाली प्रदेश सभाको आजकाे वैठक स्थगित, अर्काे वैठक ७ गते बस्ने

सुर्खेत । कर्णाली प्रदेश सभाको आज दिउँसो तीन बजे बस्ने भनिएको वैठक स्थगित भएको छ । आज दिउसो १ बजे प्रदेश सभामा बसेको सर्वदलीय वैठकमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले सदन सार्ने प्रस्ताव पेश गरेका थिए ।

हिजो नेपाली काँग्रेस र माओवादी केन्द्रबीच सत्ता सहकार्यका बारेमा आधिकारिक निर्णय भएसँगै मन्त्री छान्ने तयारी गर्न काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मासँग सदन पर सार्नेबारे सहमति गरेका थिए ।

सदन अब वैशाख सात गते दिउँसो तीन बजे बस्ने भएको छ । उक्त दिन मुख्यमन्त्री शर्माले सरकार विस्तार गरेर तेस्रोपटक विश्वासको मत लिने सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया