जुम्लाकाे आँखा शिविरबाट दुई सय ४१ जनाको अप्रेशन

जुम्ला । चन्दनाथ आँखा अस्पताल जुम्लामा संचालन भएको निःशुल्क आँखा शिविरमा दुई सय ४१ जनाको मोतियाबिन्दुको सफल अप्रेशन भएको भएको छ । भने आठ सय २३ जनाको आँखा जाँच समेत भएको हो ।

तीन दिन सम्म संचालन भएको शिविरमा पहिलो दिनमा ९३, दोस्रो दिनमा एक सय १६ र तेस्रो दिनमा ३२ जनाको अप्रेशन भएको भएको एकीकृत आँखा कान तथा स्वास्थ कार्यक्रम कि जिल्ला संयोजक मिना आचार्यले जानकारी दिए ।

नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक, राप्ती आँखा अस्पताल तुलसिपुर दाङ र कर्णाली स्वास्थ प्रतिस्ठान जुम्लाको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योति संघ चन्दननाथ आँखा अस्पताल जुम्लाले शिविरको आयोजना गरेको हो ।

नेत्रविशेषज्ञ डा.सन्तोष सुबेदी र डा‍. विश्वराज तिमल्सिना नेतृत्वमा गएको प्राविधिक टोलिले सेवा दिएको शिविरमा जुम्लाका ६ पालिका सहित छिमेकी जिल्ला कालिकोट वाट समेत बिरामी आएका थिए ।

तपाईको प्रतिक्रिया