लुम्बिनीमा पनि ढल्याे एमाले सरकार

सुर्खेत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि उनी नेतृत्वकाे सरकार ढलेकाे छ । आज बसेको प्रदेशसभा बैठकमा गिरीले विश्वासको मत पाउन नसकेका हुन् । गिरीकाे पक्षमा ३३ र विपक्षमा ५३ मत परेको छ । अब प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्ने छन् ।

गिरीलाई एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै समर्थन गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेशसभाका ८ दल र १ जना स्वतन्त्र सांसद गरी ५३ सांसदले विपक्षमा मतदान गरेका हुन्। सभामुख तुलबहादुर घर्तीले मतपरिणाम सुनाएसँगै बैठक सकिएको छ ।

विपक्षमा मतदान गरेका ५३ जनाले कांग्रेसका डिल्लीबहादुर चौधरीलाई संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाइसकेका छन् ।

तपाईको प्रतिक्रिया