काठमाडौँ। सरकारले सवारीचालक अनुमतिपत्र नवीकरण गर्ने अवधि १० वर्ष बनाउने गृहकार्य सुरु गरेको छ। अहिले हरेक पाँचरपाँच वर्षमा सवारीचालक अनुमतिपत्र नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारीचालक अनुमतिपत्र नवीकरण गर्ने अवधि १० वर्ष बनाउने गृहकार्य सुरु गरिएको जानकारी दिए। मन्त्रालयमा मङ्गलबार आयोजित पत्रकार भेटघाटमा उनले भने, “हामीले पाँच वर्षमा गरिँदै आएको ड्राइभिङ लाइसेन्स नवीकरण अवधिलाई बढाएर १० वर्ष बनाउनेतर्फ काम गरिरहेका छौँ।
यो व्यवस्था कार्यान्वयन गर्दा अहिले यातायात कार्यालयमा देखिएका समस्या थोरै भए पनि समाधान हुने र नागरिकलाई पनि सजिलो हुने अपेक्षा गरिएको छ।
नेपालीरैबार । २०८० बैशाख १३, बुधबार