मध्यपहाडी राजमार्गमा जिर्ण भएका पुलहरु धमाधम मर्मत हुदै

सुर्खेत। पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखले पुराना तथा जिर्ण भएका पुलहरुको धमाधम मर्मत तथा संरक्षणको कामहरु गरिरहेको छ। कालोपत्रेको काम अन्तिम चरणमा पुग्न लाग्दा योजना कार्यालयले निर्माण गरेको पुरानो पुलहरु टिकाउ राख्नका लागि मर्मतको काम अघि बढाएको हो।

बाढी पहिरोले पुलको पिल्लरको फाउन्डेसनको कटान गरि जिर्ण भएको भागहरुमा संरक्षणका लागि कामहरु गरेको छ। कार्यालयबाट ईन्जिनियरहरुकै निगरानीमा गणस्तरिय काम भएनभएको हेर्ने समेत गरिएको छ।

यसरी काम गर्दा पुलको आयू बढी हुने भएपछि स्थानीयहरु समेत खुसी छन्। आयोजनाले आफुले बनाएको संरचनाहरु बढी टिकाउ होस् भनेर बेलाबेला गरिने मर्मत संम्भारले दिगो विकासमा टेवा पुग्ने स्थानीयहरुको भनाइ छ। दैलेख सदरमुकाम आसपासमा कालोपत्रेको काम समेत अन्तिम चरणमा पुगेको योजना कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया