वीरेन्द्रनगरको हिलेखालीबाट लागूऔषध सहित तिन जना पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ हिलेखालीबाट लागूऔषध सहित तिन जना पक्राउ परेका छन् । बुधबार दिउँसो २ बजे उनिहरुलाई सादा पोसाकमा सटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

पकउ पर्नेमा वीरेन्द्रनगर- २ का २३ वर्षिय तपेन्द्र शाही, वीरेन्द्रनगर -१० का २१ वर्षिय निरज थापा र वीरेन्द्रनगर- १ का २९ वर्षिय गणेश थापा रहेका छन् ।

सो ठाउँमा लागऔषध कारोबार भईरहेको छ, भन्ने गोप्य सुचनाको आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले नापतौल नगरेको २ पुडिया खैरो धुलो सहित उनिहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका तिनै जनालाई थप अनुसन्धान भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

तपाईको प्रतिक्रिया