हत्कडीसहित फरार बलात्कारका अभियुक्त ६ दिनपछि पक्राउ

सुर्खेत । ६ दिनअघि हत्कडीसहित फरार भएका बलात्कार अभियुक्त शंक बुढा आज बिहान पुनः पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटले उनलाई पलाँता गाउँपालिका–७स्थित दुर्सी खोलाबाट उनलाई पक्राउ गरेको हो । यसअघि अभियुक्त पक्राउ गर्न गएका प्रहरीमाथि नै ढुंगामुढा भएपछि पक्राउ नगरी फर्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक शिवराज बमले भाग्दै गरेको अवस्थामा बुढालाई पक्राउ गरिएको बताए । पक्राउ गरिएका बुढालाई सदरमुकाम ल्याउँदै गरेको उनले जनाए ।

जिल्लाको पलाँता गाउँपालिका–६ सैनका बलात्कार आरोपी ३१ वर्षीय बुढालाई यही वैशाख २५ गते प्रहरी पक्राउ गर्न गएका बेला स्थानीय र बुढाका आफन्तले प्रहरी माथि ढंगामुढा गरेका थिए।

तपाईको प्रतिक्रिया