दैलेखमा आगलागिबाट ५ बाख्रा र १ गोरुको मृत्यु

सुर्खेत । दैलेखको भैरबी गाउँपालिका वडा नं. -२ रावतकोटका राम बहादुर थापाको घरमा आगलागी भएको छ । आज दिउँसो साठे २ बजे तिर ढुङ्गा माटोले बनाएको दुई तले घरमा अचानक आगलागी भएको हो ।

आगलागीबाट घर पुर्ण रुपमा जलेर नस्ट भएको छ, भने घरभित्र रहेको १ गोरु ५ ओटा बाख्राको मूत्यु भएको छ यस्तै, १ गोरु घाईते भएको प्रहरीले जनाएको छ । मानवीय क्षेती भने नभएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

तपाईको प्रतिक्रिया