शरणार्थी काण्ड मच्याउनेलाई कारवाहको माग गर्दे जिप्रका सुर्खेत अगाडी आन्दोलन

सुर्खेत । मानव अधिकार तथा शान्ति समाज सुर्खेतले नक्कली भूटानी शरणार्थी काण्ड मच्याउने सबैमाथि छानविन र कारवाहीको माग गर्दै जिल्ला प्रशासन अगाडी आन्दोलन गरेको छन् ।

यस प्रकरणका दोषीलाई कारबाहीको माग राख्दै समाजले आज जिल्ला प्रशासन कार्यालय, सुर्खेत आन्दोलन गरेको हुन् । त्यसक्रममा उनीहरुले कुशासन र दण्डहीनताको अन्त्यका लागि राज्यको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए ।

सरकारलाई खबरदारी गर्ने उद्धेश्यले आयोजित विरोध प्रदर्शनमा उपस्थित दर्जन बढी प्रदर्शनकारीहरुले सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जवाफदेहिताको सुनिश्चिचतालगायतका माग राखेका थिए ।

प्रर्दशनकारीहरुले ‘मानव अधिकारमैत्री ऐन बनाऊ’,‘नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर’,‘लोकतन्त्रको सबैभन्दा ठूलो शत्रुः सुशासन र दण्डहीनता’,‘करम्सन विकेन्स डेमोक्रेसी’,‘भ्रष्ट्राचारका कारण देश खोक्रो भइसक्यो’, लगायतका नारा लगाएका थिए ।

तपाईको प्रतिक्रिया