सुर्खेतको बड्डीचौर बजार क्षेत्रका विभिन्न स्थानमा सिसी क्यामरा जडान

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–५ स्थित कर्णाली राजमार्ग छिर्ने मुख्य नाका सहित बड्डीचौर बजार क्षेत्रका विभिन्न स्थानमा सिसी क्यामरा जडान गरिएको हो । बराहताल गाउँपालिका सुर्खेत र अस्थायी ट्राफिक पोस्ट बड्डीचौरको आयोजनाका सिसी क्यामरा जडान गरिएको हो ।

राजमार्ग र बजार क्षेत्रमा ८ वटा सिसी क्यामरा जडान गरिएको गाउँपालिकाले जनाएको छ । बराहताल गाउँपालिकाले शान्तिसुरक्षा, सडक सुरक्षालगायत अवाञ्छित क्रियाकलाप निगरानीसमेत गर्न तथा सार्वजनिक सुरक्षा व्यवस्थापनमा प्रविधिको प्रयोगका लागि अस्थायी ट्राफिक पोस्ट बडिचौरमा कन्ट्रोल रुम रहने गरी सिसी क्यामरा जडान गरिएको हो ।

प्रहरीसँगको समन्वयमा पालिकाले सिसी क्यामरा जडान गरिएको हो । बजार क्षेत्रका हरेक चोक र स्थानहरूमा सिसी क्यामरा राख्दा घटनाहरू कसरी घट्छन्, तिनका कारण सजिलै पत्ता लगाई अन्य घट्ने घटनाहरू न्यूनीकरण गर्न र दोषी पत्ता लगाउन सजिलो हुने छ । पालिकाले सिसी क्यामरा जडान आगामी वर्षमा अन्य स्थानमा जोड्न बजेट विनियोजन गर्ने गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया