कर्णालीका समानुपातिक सांसद भन्छन् : महिलामैत्री नीति ल्याईयोस्

सुर्खेत । कर्णाली प्रदेश सभामा रहेका समानुपातिक सांसदहरुले महिलामैत्री नीति तथा कार्यक्रम एवम बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । सरकारले नयाँ नीति ल्याउने तयारी गरिरहेको समयमा विहीबार प्रदेश सभामा सांसदहरुको बसेको अनौपचारीक वैठकमा उक्त कुरा उठेको हो ।

समानुपातिक सांसदहरुले कर्णालीका महिला समूदाय पुरुष समूदायको तुलनमा पछि परेको बताउँदै उनिहरुको जीवनस्तर उकास्ने, उनिहरुलाई रोगव्याधीबाट मुक्त गराउन आवश्इक स्वास्थ्य शिविरहरु सञ्चालन गर्नुपर्ने जस्ता माग राखेको उर्जा तथा जलस्रोत मन्त्री उर्मिला विश्वकर्माले बताईन ।

‘खासगरि महिला सांसदहरुले कर्णालीका कोही पनि महिला उपचार नपाएकै आधारमा ज्यान गुमाउनु पर्ने दिन अन्त्य गर्न सरकारले नयाँ नीति ल्याओस भन्ने चाहना व्यक्त गर्नुभयो ।’ सांसदहरुको भनाई उदृत गर्दै मन्त्री विश्वकर्माले भनिन्, ‘सामाजिक विकास मन्त्रालयमार्फत महिला तथा बालबालिकाको हितका लागि महिलामैत्री कार्यक्रम ल्याइनुपर्नेमा उहाँहरुको जोड छ ।’

सांसदहरुले विभिन्न कुरीति, कुसंस्कार न्यूनिकरण गर्न जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्ने, प्रत्यक्ष निर्वाचित सांसदहरुले मात्रै विनियोजन गरेर लागु गर्दै आएको पूर्वाधार विकास कोषको योजना छनौटमा पनि भूमिका दिईनुपर्ने जस्ता सुझाव राखेका थिए ।

उनिहरुले यसका अलावा बजेटमा विकास र समृद्धिको स्पष्ट खाका आउनुपर्नेमा समेत जोड दिएका थिए । सांसदहरुको सुझावबारेमा मन्त्री विश्वकर्माले यी विषयहरु संवेदनशील र अपरिहार्य रहेको बताउँदै यसबारेमा आवश्यक निर्णय लिन क्इाविनेटमा प्रस्ताव राख्ने बताईन ।

तपाईको प्रतिक्रिया