बुलबुले नजिक सवारी दुर्घटनामा एक जनाको मूत्यु भएपछी आफन्त आन्दोलनमा

सुर्खेत । शनिबार राती सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- १० बुलबुले नजिक जिपले मोटरसाईकलाइ ठक्कर  दिएपछी उपचारको क्रमका एक जनाको मूत्यु भएको छ । मूत्यु हुनेमा हुम्लाको ताजाकोट गाउँपालिका- १ घर भएर हाल वीरेन्द्रनगर १२ पिपिरामा कोठा भाडामा बस्ने ३५ बर्षका अकबिर खड्का रहेका छन् ।

तिनकुनेचोकबाट मंगलगडीचोक तर्फ आउदै गरेको कर्णाली प्रदेश ०२००१ ज.०५७३ नम्बरको जिप र सोही दिशाबाट आउदै गरेको कर्णाली प्रदेश ०२००१प. ७८७४ नम्बरको को मोटरसाईकल एक आपसमा ठोक्किएका थिए । घाईते भएका खड्काको निधारमा चोट लागेको थियो । स्थानिय माया नर्सिङ्ग होममा सामान्य उपचार पछी उनलाई कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत पठाईएको थियो ।

उनको प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको, हो । जिप र जिप चालक प्रहरी नियन्त्रणमा रहेका छन् । भने खड्काका आफन्तहरुले बसपार्क आसपासमा टायर बालेर आन्दोलन गरेका छन् ।

तपाईको प्रतिक्रिया