मुगुकाे छायाँनाथ रारा नगरपालिकाका तत्कालीन नगर प्रमुख शाहीसहित नौ जनालाई भ्रष्टाचार गरेको आरोप

सुर्खेत ।  छायाँनाथ रारा नगरपालिका, मुगुका तत्कालीन नगर प्रमुख हरिजङ्ग शाहीसहित नौ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नगरप्रमुख शाहीसहित तत्कालीन उपप्रमुख सुन्तला रोकाया, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, इन्जिनियर महेश सिंह कठायत, असिष्टेण्ट सब–इन्जिनियर हस्त बहादुर मल्ल र वडा नं.७ सदस्य पशुपती शाहीविरुद्ध सो आरोप लागेको जानकारी दिए ।

आर्थिक वर्ष २०७४/0७५ मा सो नगरपालिकाको वडा नंं ७ मा निर्माण सम्पन्न भनिएको बिसौनीदेखि किउरीसम्मको बाटो निर्माण गर्ने क्रममा वास्तविकभन्दा नभएको कार्य समेत गैरकानूनी लाभ लिने बदनियतले गलत प्रतिवेदन स्वीकृत गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया