मुगुमा माछा मार्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु

मुगु। खोलामा माछा मार्नेक्रममा पानीमा करेन्ट छाड्दा युवकलाई नै करेन्ट लागेर मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका वडा १ र ४ मा पर्ने भट्टेचौर खोलामा माछा मार्नलाई प्रयोग गरिएको करेन्ट लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

छायाँ नाथरारा नगरपालिका वडा –४ भाम वाडा घर भएका १८ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो । सोलारमा प्रयोग हुने ब्याट्री १२ भोल्टको इन्भर्टर बाट उत्पादन भएको करेन्टले खोलामा माछा मार्न गएका भामको दिउँसो २ बजेतिर खोलामा करेन्ट लागेर बेहोस भएपछि उनको जिल्ला अस्पताल मुगुमा उपचारका लागि लगिएको थियो ।

तपाईको प्रतिक्रिया