देशको कलासंस्कृति बचाउन नेवार समुदायको भूमिका महत्वपूर्ण : मन्त्री पोखरेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरलले देशको कला सँस्कृति बचाई राख्न नेवा: देय् दबूका समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको सहयोग एवं नेवास् देय् दबू सुर्खेतले आयोजना गरेको २० दिने नेवा: देय् दबूका नृत्य तथा धिमे बाजा प्रशिक्षण कार्यक्रमको समापनमा यस्तो बताएका हुन् ।  मन्त्री पोखरेलले काठमाडौं उपत्यका बाहिर पनि नेवा: देय् दबूका जातिहरु आफ्नो भाषा कला सँस्कृति बचाउन लागि परेको उल्लेख गरे । उनले भने, कर्णालीमा पनि नेवार कला सँस्कृतिको उत्थानकालागि सक्दो सहयोग गर्ने हरदम तयार रहनेछु ।

त्यस्तै कार्यक्रममा शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका शाखा अधिकृत झलकप्रसाद कोइरालाले निर्देशनालयले दिएको सिमित बजेटमा पनि महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेकोमा खुशी व्यक्त गरे। यस्तै वीरेन्द्रनगर नगरपालिका ७ नं. वडा सदस्य यामनारायण आचार्यले कला सँस्कृतिको जगेर्ना गर्न वडा लागि पर्ने बताए ।

कार्यक्रममा प्रशिक्षक सुदन मान मुनिकारले २० दिनमा सुर्खेतका नेवा: देय् दबूका प्रशिक्षार्थीहरुले एकदमै लगाव दिएर प्रशिक्षण लिएको र प्रशिक्षार्थीको लगाव देखेर आफूमा गर्वको महशुस भएको बताए ।

कार्यक्रममा नि-वर्तमान वडा सुरेश मानन्धर, नेवास् देय् दबूका केन्द्रीय उपाध्यक्ष खगेन्द्र श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका का।वा। अध्यक्ष अशोक राजी, आदिवासी जनजाति महिला महासंघ सुर्खेतका अध्यक्ष वासना गुरुङ्गले आ-आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा प्रशिक्षार्थीहरुले कुमारी तथा लाँखे नृत्य र धिमे बाजा प्रस्तुत गरेका थिए भने दबूका सचिव बालकृष्ण श्रेष्ठले कार्यक्रमको संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया