बेन्चको अभावमा विद्यार्थी धुलोमा बस्न बाध्य

हुम्ला। दक्षिणी क्षेत्रको एक विद्यालयमा विद्यार्थी कक्षा कोठाको धुलाम्मे भुईँमा बसेर अध्ययन गर्न बाध्य भएका छन् । विद्यालयले कक्षा कोठामा डेक्स–बेन्चको व्यवस्था गर्न नसकेपछि विद्यार्थीलाई भुईँमा बसेर अध्ययन गर्नुपरेको हो ।

सर्केगार्ड गाउँपालिका –१ को तुम्च गाउँको देवल आधारभूत विद्यालयका विद्यार्थी चार वर्ष अघिदेखि यसरी भुईँमा बसेर अध्ययन गर्दै आएका छन् । विद्यालयका प्रधानाध्यापक कालीबहादुर रावतले आठ कक्षासम्म पठनपाठन हुने विद्यालयमा कक्षा ७ र ८ का विद्यार्थी जीर्ण डेक्सबेन्चमा बसेर अध्ययन गर्दै आएको भए पनि बाँकी बालविकासदेखि कक्षा ६ सम्मका सबै विद्यार्थी भुईँमा बसेर अध्ययन गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया