स्वर्गद्वारीमा कार दुर्घटना, घटनास्थलमै आठ जनाको मृत्यु

प्युठान । स्वर्गद्धारी दर्शन गरी फर्किएको कार दुर्घटनामा आठ जनाको ज्यान गएको छ । स्वर्गद्वारी भिंगृ सडक खण्डमा लु १ च ६३४५ नम्वरको जीप दुर्घटना भएको हो ।

स्थानीयका अनुसार गाडी चालक लमही नगरपालिका-४ का तारा बहादुर कुमालको परिचय खुलेको छ भने अन्यको परिचय खुलेको छैन । कार सडकको माथिल्लो घुम्टीबाट पल्टिएर तल्लो घुम्टीमा पुगेको थियो । उनीहरु सवै कारमा चापिएका थिए । प्रहरीले भने मत्युको पुष्टी गरिसकेको छैन । उनीहरुलाई जिल्ला अस्पताल विजुवार लगिदैछ ।

तपाईको प्रतिक्रिया