वीरेन्द्रनगरको कुमाई चोकबाट लागूऔषध सहित दुई जना पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ कुमाई चोकबाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-४ का अन्दाजी ३० वर्षका सागर गुरूङ र अन्दाजी ३७ वर्षका रविन्द्र सिंह थापा रहेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ब्युरो बाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्दा उनीहरुबाट शुद्ध १ ग्राम १० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको हो । उनीहरुलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।

तपाईको प्रतिक्रिया