आज देशका तीनवटा प्रदेशमा हल्का वर्षा हुने

काठमाडौं ।  शुक्रबार आज देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा मेघ-गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशसहित बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा मेघ-गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया