सुर्खेत । नेपालकै उदयमान, सेवा प्रदायक “वाई-फाई नेपाल” ले कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा आफ्नो सेवा विस्तार गरेको छ। यस बिषयमा जानकारी दिन शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरिएकाे थियाे ।
काठमाण्डौ उपत्यका, पोखरा उपत्यका, इटहरी, धरान तथा विराटनगर लगायत कोशी प्रदेशका विभिन्न स्थानहरूमा सफलता पूर्वक सुरुवात भई सञ्चालनमा रहेको यस इन्टरनेट सेवा प्रदायकले आफ्नो सेवालाई थप क्षेत्रहरूमा विस्तार गर्दै आएको जनाएकाे छ ।
घरायसी तथा व्यापारिक ग्राहकहरुको इन्टरनेट सम्बन्धी आवश्यकताहरू र त्यसले हुने थुप्रै फाइदाहरू लाई ध्यानमा राख्दै वाई-फाई नेपालले आफ्ना अफर तथा इन्टरनेटका प्याकेजहरू बजारमा ल्याएको हाे ।
छिटो, सस्तो तथा भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने दृढताका साथ, नेपालीहरुलाई एक आपसमा जोड्नका लागि मद्दत गर्न वाई-फाई नेपाल प्रतिबद्ध रहेकाे जनाएकाे छ । अब सुर्खेतका ग्राहकहरूले सुपथ मूल्यमा वाई-फाई नेपालको छिटो, सस्तो तथा भरपर्दो इन्टरनेट सेवाको लाभ लिन सक्ने कम्पनीले जनाएकाे छ । वाई-फाई नेपालबाट किस्तामा इन्टरनेट, झनै सस्तो रेट” अन्तर्गत ग्राहकहरूले कुनै पनि अग्रिम एक मुष्ट शुल्क तिर्नु नपर्ने जनाएकाे छ । एक वर्षको प्याकेज लिने ग्राहक हरुले हरेक महिना मात्र रु ८४२(मु. अ. कर बाहेक) को भुक्तानी गरि ५० एम. बि. पि. एस. स्पीडको इन्टरनेट तथा रु. ९२५ प्रति महिना (मु. अ. कर बाहेक) को भुक्तानि गरि ८० एम. बि. पि. एस. स्पीडको इन्टरनेटको मज्जा लिन सक्ने कम्पनीले जनाएकाे छ ।
सो उल्लेखित शुल्कमा १२ महिनाको लागि ५० एम. बि. पि. एस. इन्टरनेटको रु. ८,६००, फाइबर केवल शुल्क रु. ५००, सिङ्गल ब्यान्ड राउटर शुल्क रु. १,००० गरि कुल १०.१०० पर्न जाने मूल्यलाई मात्र रु. ८४२ प्रति महिना मु. अ. कर चाहेका भुक्तानी गरि किस्तामा लिन सकिनेछ । साथै १२ महिनाको लागि ८० एम. बि. पि. एस. इन्टरनेटको रु. ९,६००, फाईबर केबल शुल्क रु. ५००, सिङ्गल ब्यान्ड राउटर शुल्क रु. १,००० गरि कुल ११,१०० पर्न जाने मुल्यलाई मात्र रु. ९२५ प्रति महिना (सू.अ.कर बाहेक) भुक्तानि गरि किस्तामा लिन सकिनेछ ।
यसका साथै “वाई-फाई नेपाल” को ५० एम. बि. पि. एस. तथा ८० एम. बि. पि. एस. को इन्टरनेट 3 महिना तथा महिनामा समेत उपलब्ध रहेका छन् । यसका प्याकेजहरुको बारेमा थप जानकारीका लागि “वाई-फाई नेपाल” को वेबसाइट wifinepal.com.np मा हेर्न सकिने कम्पनीले जनाएकाे छ । सेवा सञ्चालनका लागि वीरेन्द्रनगरकाे एरीचौकमा कार्यालय स्थापना गरिएको जानकारी दिइएको छ ।
विश्वमा अहिले छिटो तथा भरपर्दो इन्टरनेट पहुँचको आवश्यकता र महत्व धेरै नै छ । यहि अनुसार कर्णाली प्रदेशका थप सहर तथा गाउँहरूमा कम्पनीले छिट्टै नै आफ्नो सेवा विस्तार गर्दै जाने योजना बनाएकाे छ । कम्पनीले आउँदा दिनहरुमा थप सहर तथा गाउँहरूमा विस्तार गर्ने योजना बनाएको जनाएकाे छ ।
नेपालीरैबार । २०८० असार १, शुक्रबार