संरक्षणको अभावमा सुक्न थाले हरित नगरका बोट विरुवा

सुर्खेत । वीरेन्द्रनगरलाई हरियालीयूक्त बनाउँन सडकमा रोपिएका बोट विरुवा संरक्षणको अभावमा सुक्न थालेका छन् । रत्नराजमार्गको धुलियाविट–बाङ्गेसिमल अन्तर्गत फोरलेन सडकका बिचमा रोपिएका विभिन्न फल तथा फूल प्रजातिका बोट विरुवाहरु खडेरीका कारण सुक्न थालेका हुन् ।

वीरेन्द्रनगरलाई स्वच्छ हरित सहर निर्माण गर्ने उद्देश्यले रोपिएका विरुवाहरु संरक्षणको जिम्मा पाएको वीरेन्द्रनगर नगरपालिकाको व्यवास्थाका कारण सुक्न थालेका हुन् । केही साता यताको खडेरीका कारण धेरै जसो विरुवाहरु सुकिसकेका छन् भने, बाँकी सुक्ने अवस्थामा छन् । लाखौं खर्चेर रोपिएका विरुवाको संरक्षणमा नगरपालिकाले ध्यान दिन सकेको छैन ।

तपाईको प्रतिक्रिया