वीरेन्द्रनगरको मुलपानी चोकबाट अबैध काठ सहित एक जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरको मुलपानी चोकबाट अबैध काठ बरामद गरिएको छ । फलाटे बाट वीरेन्द्रनगर बजारतर्फ जाउदै गरेको  भे -१ त ६००२ नम्बरको ट्याक्टरमा अन्दाजी ४ फुटे सालको कोलिया २, अन्दाजी ७ फुटे सालको कोलिया १ र अन्दाजी ८ फुटे सालको कोलिया १ बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बाङ्गेसिमलबाट खटिएको टोलिले शंका लागेर चेकजाँच गर्ने क्रममा अवैध काठ फेला पारेको हो । वीरेन्द्रनगर- २ का ट्याक्टर चालक कूष्ण चौधरी र  ट्याक्टरलाई नियन्त्रणमा लिईएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

तपाईको प्रतिक्रिया