आज देशका पाँचवटा प्रदेशमा वर्षा हुने

काठमाडौं । आज सोमबार देशका पाँचवटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी र मधेस प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। सोमबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश लगायत बागमती र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया