सुर्खेत । नेपाली कांग्रेस सुर्खेत वीरेन्द्रनगरका नगर सभापति उपेन्द्रबहादुर खड्कालाई पृतिशोक परेको छ । उनका ८३ वर्षीय पिता कृष्णहादुर खड्काको निवासमै शनिवार निधन भएको हो ।
खड्का पक्षघात र उच्च रक्तचापबाट पीडित थिए । वीरेन्द्रनगर-६ को भगवती टोलमा बस्दै आएका खड्काका चार छोरा र दुई छोरी रहेका छन् । उनको आज दिउँसो साढे दुई बजे भेरी नदीमा अन्त्यष्टी गरिने परिवारले जनाएको छ ।
नेपालीरैबार । २०८० असार २३, शनिबार