वडाअध्यक्ष विनोद विष्ट ६ लाख प्रकरणः दुई जनाले वडाअध्यक्षलाई दुई लाख दिएको स्वीकारे

वडाअध्यक्ष विरुद्ध प्रहरीले भोलीबाट आवश्यक कार्यवाही सुरु गर्दै

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं.- ३ का वडाअध्यक्ष विनोदसिंह विष्टलाई दुई लाख रुपैंया दिएको दुई जना आरोपितले स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा एक उपभोक्ता समितिले दिएको जाहेरीमा वडाअध्यक्ष विष्टसहित तीन जनाले ६ लाख ५० हजार लुटेर लिएको भन्दै शुक्रबार जाहेरी परेको थियो । उक्त जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले शुशिल गुरुङ्ग र बलिराम शाहीलाई शुक्रबार नै नियन्त्रणमा लिई पुछताछ गरेको थियो ।

वडाअध्यक्ष विष्टलाई नियन्त्रणमा लिने प्रयास गरेपनि उनि हिजो सम्पर्कमा आएका थिएनन् । आज जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उनि उपस्थित भएका थिए । जिल्ला प्रहरी कार्यालयले उनिमाथि भोली नै आवश्यक कारवाही प्रक्रिया अपनाउने भएको छ ।

‘आज शनिबार भएका कारण अन्य आवश्यक कानूनी कारवाही गर्न सकेनौं ।’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण बहादुर शाहीले नेपाली रैबारसँग भने, ‘वडाअध्यक्ष विष्टले दुईलाख रुपैंया लगिसकेको हाम्रो नियन्त्राणमा रहेका दुवै जनाले स्वीकार गरिसकेका छन् । उहाँ जनप्रतिनिधि भएका कारण भोली नै अदालती प्रक्रिया अपनाउँदै आवश्यक कानूनी प्रक्रिया सुरु गर्छौं ।’

हेर्नुहोस, वडाअध्यक्ष विष्टले शेयर गरेको विज्ञप्ती ।

वडाध्यक्ष विष्ट बारम्बार विवाद र चर्चामा आइरहने जनप्रतिनिधि हुन । यसअघि उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवलाई मुक्का हानेर चर्चामा आएका थिए । यसैबीच डिएसपी शाहीले आज वडाअध्यक्ष विष्टले जारी गरेको ध्यानाकर्षण पत्र घटनालाई तोडमोड गर्न र राजनीतिक रंग दिन निकालेको बताएका छन् ।

‘उनले गल्ती गरे नगरेको अदालतले पुष्टि गर्ला तर हाम्रा कुनैपनि प्रहरी अधिकारीबाट त्यस्तो कुनै कार्य भएको छैन ।’ उनले भने, ‘बरु वडाअध्यक्षले नै दुई लाख रुपैंया लिएको भनेर मुद्दा शाखामा उनैको रोहवरमा दुई जनाले भनेपछि आक्रोशित भएर दुवै जनालाई झपार्नु भएको थियो । आफूमाथि लागेको यो आरोपबाट मुक्त हुन वडाअध्यक्ष विष्टले रचेको यो प्रपन्च बाहेक केहि होईन  डिएसपी  शाहीले भने ।

हे

तपाईको प्रतिक्रिया