मिसन ग्रासरुटले नयाँ कुरा पत्ता लाग्यो – उपमहासचिव ज्ञावली

सुर्खेत । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मिसन ग्रासरुटले नयाँ कुराहरु पत्ता लागेको बताएका छन् । प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत पुगेका ज्ञवालीले सो कुरा बताएका हुन् ।

पार्टी नयाँ पुराना भन्ने हैन् । विचार र उसको सिद्धान्त के हो भन्ने कुरा महत्वपूर्ण हुन्छ,उनले भने, पपुलिज्म (लोकरिझ्याइँ) का आधारमा पार्टी बन्न सक्दैन् । नवस्थापित दलहरूमा स्पष्ट विचार र सिद्धान्त नभएको समेत उनले दाबी गरे ।

एमालेका स्कुल विभाग प्रमुख समेत रहेका ज्ञावालीले नियममित पार्टी स्कुलिङकको काम गर्नमा कर्णाली अग्रसर भएकोमा धन्यवाद दिए । उनले सातै प्रदेशकमा स्कुलहरु सञ्चालन गर्ने ७७ वटै जिल्लामा पार्टी स्कुल विभागहरु सञ्जालन गर्ने र त्यसका लागि पार्टीको स्कुलिङ र जनपरिचालिनका लगि सात जना केन्द्रीय कमिटिहरु खटिएको जानकारी दिए ।

नेता ज्ञावलीले स्कुल विभागको अनुशासन, इमान्दारीता निरन्रता लागतयका सबै विषयमा ज्ञान बाड्ने बताए । उत्पदानको ढाँचामा धेरै परिर्वतन आएका छन् । ती प्रविधिसँग आफैलाई जोडेर अगाडी लैजानुपर्छ । अनी मात्रै हामी अगाडी बढ्छौँ। आज हामीले हामीसँग भएका ज्ञान बाड्ने छौँ, उनले भने,

कार्यक्रमा एमालेका केन्द्रीय सदस्य तथा स्कुल विभाग कर्णाली संयोजक विष्णु रिजाले कर्णाली स्कुल विभागको निर्देशनमा यो कार्यक्रको सुरुवात भएको बताउदै उत्साह जनक सहभागीता रहेको हुदाँ पाटीले स्कुलको आवश्यकता र महत्वलाई ध्यान राखेर बताए ।

यस्तै नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्टले पार्टीको १० औँ महाधिवेशनले लिएको निती अनुसार गति लिन नसकेको बताए । पार्टीको अवस्था राम्रो हुँदा–हुँदै पनि नतिजा सोचे जस्तो आएन् उनले भने, प्रदेश स्तरमा प्रशिक्षण विचार, सिद्धान्त र दर्शन अनुसार तल जनतासम्म पु¥यानुपर्छ ।

तपाईको प्रतिक्रिया