दैलेखमा अवैधरूपमा मेडिकल सञ्चालन गरेका सञ्चालक पक्राउ

सुर्खेत । दैलेखमा एकजना मेडिकल सञ्चालक पक्राउ परेका छन्। भगवतीमाई गाउँपालिका–२ वेस्तडा बजारमा मेडिकल व्यवसाय सञ्चालन गर्दै आएका जगतबहादुर शाहीलाई प्रहरीले बुधवार पक्राउ गरेको हो।

मेडिकल अवैधरूपमा सञ्चालनमा रहेको भनी अनुगमन टोलीले आवश्यक कागजात माग्दा शाहीले अनुगमन टोलीसँग अमर्यादित कार्य गरेको र अवैध मेडिकल सञ्चालन गरेको भन्दै प्रहरीले उनलाई  पक्राउ गरेको हो।

अनुगमनमा गएको टोलीमाथि अमर्यादित कार्य गर्दै स्वास्थ्य सेवा कार्यालय दैलेखका फार्मासिस्ट दीपिन कोइरालाले कानुनबमोजिमका कागजात माग्दा धम्कीपूर्ण व्यवहार प्रदर्शन गरेकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयले दैलेखका बजार निरीक्षण अधिकृत गणेशप्रसाद कोइरालाले बताए। शाहीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए।

तपाईको प्रतिक्रिया