जुम्लाकाे डिपो कार्यालयमा तोडफोड भएपछी वडाबाटै नुन वितरण

सुर्खेत ।  जुम्लाका नागरिकले नुन वितरण सहज नभएको भन्दै गत असार ३१ गते डिपो कार्यालयमा तोडफोड गरेपछि साल्ट ट्रेडिङ कार्यालय जुम्लाले यहाँका आठवटै स्थानीय तहको वडास्तरबाटै नुन वितरण गर्ने भएको छ ।

स्थानीय प्रशासनले नुनको व्यवस्थापन प्रभावकारी बनाउन वडाबाट वितरण हुने गरी व्यवस्थापन मिलाएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए ।

डिपो कार्यालयमा तोडफोड भएको घटनाका विषयमा नेपाल साल्ट ट्रेडिङ कार्यालयलाई सत्यतथ्य छानबिन गर्न अनुरोधसमेत गरिएको छ । थप नुनको प्रभावकारी व्यवस्थापनका लागि वडामै वितरण गर्न निर्देशन दिएको प्रजिअ घिमिरेको भनाइ छ ।

नुन नपाएपछि स्थानीयवासीले डिपो कार्यालयमा ढुङ्गामुढा गरेका थिए । जुम्लामा नुनको कमी हुन नदिन सोमबारमात्रै तीन सय २० क्विन्टल नुन ढुवानी गरिएको प्रदेश कार्यालय नेपालगन्जका प्रमुख महेश चौधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया