नेपाल प्रेस युनियन सुर्खेतको अध्यक्षमा मधुवन विसी चयन

सुर्खेत । नेपाल प्रेस युनियन सुर्खेतको आठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनले मधुवन विसीकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

सम्पन्न अधिवेशनबाट उपाध्यक्ष (खुलामा) बुद्धि सिंह ठकुरी र महिला उपाध्यक्षमा सीता आचार्य चयन भएका छन् ।

सचिवमा रमेशकुमार पाण्डे , कोषाध्यक्षमा टेकराज केसी र सहसचिवमा संगिता भण्डारी लाई चयन गरिएको छ ।

सदस्यमा मानबहादुर खड्का नवीन सुवेदी, जगतदल जनाला विक, कमल कुमार न्याैपाने, विष्णु सापकाेटा,अम्मर बहादुर कार्की, हुम बहादुर कार्की, महिला सदस्यमा भावना राना, अनमिका बाेहरा चयन भएका छन् ।

अधिवेशनमा नेपाली कांग्रेस सुर्खेतका सभापती समेत रहेका समाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेल,पुर्व सभापती कमलराज रेग्मी, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, केन्द्रीय उपमहासचिव, केन्द्रीय सदस्यहरू कर्णाली प्रदेश अध्यक्ष,सदस्यहरू लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया