प्रधानमन्त्रीले गर्ने कार्यको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई प्रधानमन्त्रीले गर्ने कार्यको जिम्मेवारी दिएका छन् ।

शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रस्थान गर्नुभएपछि राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री खड्कालाई प्रधानमन्त्रीले गर्ने प्रशासनिक जिम्मेवारी दिएका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले शनिबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री खड्कालाई जिम्मेवारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया