कर्णालीमा तीन वर्षमा बाढी पहिरोबाट २ सय १८ को मृत्यु,२७ सय बेपत्ता

सुर्खेत  । कर्णाली प्रदेशमा विगतको तिन वर्षहरू हेर्दा बाढी पहिरोबाट २ सय १८ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन् । यो वर्ष कर्णालीमा झण्डै ३५ हजार तीन सय ३३ जना प्रभावित हुने आंकलन गरिएको छ । विगतका तथ्यांकलाई हेर्ने हो भने कर्णाली प्रदेशका रुकुम पश्चिम, दैलेख र सुर्खेत जिल्ला बाढी पहिरोको उच्च जोखिममा रहेका छन् ।

आर्थिक वर्ष ०७७/७८ मा विपद्का घटनामा परि ८५ जनाको मृत्यु भएको थियो । ४ सय १६ विपद्का घटना घटेका थिए । जसमा ११ जना बेपत्ता भए । घटनामा १ हजार १ सय ३४ घरमा क्षति पुगेको थियो । १ हजार ३ सय २१ घरपरिवार आंशिक तथा पूर्ण विस्थापित भएका थिए । ३५ करोड ५६ लाख ९९ हजार ५ सय ६४ रुपैयाँ बरावरको धनमाल क्षति पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष ०७८/०७९ मा प्रदेशभर विपद्जन्य घटनामा ६८ जनाको मृत्यु भयो भने १६ जना बेपत्ता भए । ७३ जना घाइते भएका थिए । १ हजार २ सय १५ वटा विपद्का घटना भएका छन् । जसमा १ हजार १ सय ८६ घरमा क्षति भयो । ४ सय ४२ घरपरिवार विस्थापित भए । विपद्का कारण ५१ करोड ४१ लाख ५२ हजार २ सय ५७ धनजनको क्षति भएको थियो ।

त्यस्तै चालु आर्थिक वर्ष २०७९/०८० को ज्येष्ठ महिनासम्म विपद् घटनामा परी ६५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षमा कर्णालीमा ३ सय ४८ वटा बाढी पहिरोका घटना घटेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यस वर्ष कर्णालीमा २ हजार एक सय ७६ विपद्जन्य घटनामा परी २८ जना बेपत्ता भएका छन् । २ हजार ९ सय ४७ जना विस्थापित भएका छन् । १ सय १४ जना घाइते भए भने ६ हजार २ सय १७ घरमा पूर्ण तथा आंशिक क्षति पुग्दा ६४ करोड ४६ लाख ३१ हजार ७ सय ८४ रुपैयाँ बराबर धनजनको क्षति भएको प्रहरी रेकर्डमा उल्लेख छ ।

यो आर्थिक वर्षमा कर्णालीमा सबैभन्दा धेरै हुम्लामा ९ सय ४० वटा मनसुनजन्य घटनामा परी ८ जनाको मृत्यु हुँदा ६ जना घाइते तथा ९ सय ४ घरमा क्षति पुग्यो । वर्षासँगै हुने बाढी पहिरोको जोखिम उत्तिकै छ । जसका आर्थिक वर्ष ०७७/७८ मा कर्णालीका दश जिल्लामा एक करोड ६० लाख बराबरको राहत वितरण गरेको जनाइएको छ । यस्तै आर्थिक वर्ष ०७८/७९ मा ३ करोड १ लाख र चालु आर्थिक वर्ष ०७९/०८० मा ९७ लाख ९ हजार ९ सय २३ रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरिएको छ । आजको प्रदेश रैबार साप्ताहिकमा समाचार प्रकाशित छ ।

तपाईको प्रतिक्रिया