प्रदेश अस्पताल सुर्खेतमा एमआरआई मेसिनबाट सेवाहरु सुचारु हुने

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा नेपालकै उत्कृष्ट एमआरआई मेसिन ल्याईएको छ  । अब करिब दुई महिना भित्र मेसिन जडान र प्रोसेसिङ्ग प्रोग्रामहरु इन्स्टल गरे पश्चात एमआरआई मार्फत हुने सेवाहरु सुचारु हुने जनाइएकाे छ  । पछिल्लो समय  प्रदेश अस्पतालमा विभिन्न सेवाहरु विस्तार हुदै आइरहेका छन् ।

विगत १५ महिना देखिको लामो प्रयासपछि बुधवार नेपालकै उत्कृष्ट एमआरआई मेसिन कर्णालीमा पहिलो पटक आइपुगेको प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले बताए ।

उक्त मेसिन ६४ स्वतन्त्र च्यानल क्षमताको एमआरआई मेसिन उच्च गुणस्तर र प्राबिधिक विवरण प्राविधिक विशिष्टताका हिसाबले उच्च गुणस्तर रहेको छ ।

अहिले सम्म नेपालकै सबै भन्दा बढि क्षमता भएको दैनिक ३५ देखि ४० जनालाई जाँच गर्न सकिने आर्टिफिसियल इन्टेलिजेन्स आवाजविहीन एमआरआई मेसिन जडानले कर्णालीका नागरिकलाई उपचारमा धेरै सहज हुने अपेक्षा छ ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदको लागि बजेट उलब्ध गराएको थियो । उक्त मेसीन नेपाली रुपैंयाँ २९ करोड ७१ लाख परेको हो ।

मेसिन २०२३ मा निर्मित भएर परिक्षण गरिएको मेसिन हो । जर्मनीबाट चार्टर्ड फ्लाइड मार्फत काठमाडौं ल्याइएको एमआरआई मेसिन बुधवार प्रदेश अस्पताल सुर्खेत पु¥याइएको थियो ।

तपाईको प्रतिक्रिया