वीरेन्द्रनगरकाे ३ नम्बर वडामा घर आगन सरसफाइ अभियान सञ्चालन

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३ नम्बर वडाले सरसफाइ अभियान सञ्चालन गरेको छ । घर सफा, आगन सफा,टोल सफा, समग्र वडा सफा भन्ने नारा सहित सरसफाइ अभियान सञ्चान गरिएको हो ।

अभियान अन्तर्गत सुरुवातमा पाथिभरा टोल,समाबेशि टोल, ,हरिडिल भुमि टोल, र बुधबार हिलेखाली टोलमा सरसफाई गरिएको वडा सदस्य सविन चालिसेले नेपाली रैबारलाई जानकारी दिए । यो अभियान एक महिनासम्म सञ्चालन हुने सदस्य चालिसेले बताए ।

सदस्य चालिसे भने हाम्रो अभियान समृद्धि वडा निर्माण गर्ने हो । यसमा सबै वडा बासीले हातेमालो गरौँ नमुना वडा निर्माण गरौँ । यस्तै अर्को सदस्य सरस्वती थापाले यो अभियानमा सबैलाई जोडिन आग्रह गरिन । उनले समृद्धि वडा निर्माणमा सबैले हातेमालो गरेर मात्र यो अभियान सफल हुने बताईन् ।

 

तपाईको प्रतिक्रिया