सुर्खेतमा आखाँ पाक्ने रोगका बिरामी बढे,यस्तो छ, डाक्टरको सल्लाह

सुर्खेत । कर्णाली सहित सुर्खेतमा आँखा पाक्ने समस्या भएका बिरामी बढ्न थालेका छन् । सुर्खेत आँखा अस्पतालमा प्रत्येक दिन आँखा पाक्ने समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

सुर्खेत आखाँ अस्पतालका डाक्टर मञ्जु पन्तका अनुसार अस्पतालमा तिन चार दिनदेखी दैनिकरुपमा ५ सय भन्दा धेरै बिरामी आउने गरेका छन् ।

उनका अनुसार यस्ता बिरामी मध्ये बालबालिका र युवा समुह धेरै रहेका छन् । उनले भनिन, “बालबालिका र युवामा आँखा पाक्ने समस्या धेरै देखिएको छ । ” आँखा रातो हुने, चिलाउने, ज्वरो आउने, समस्या देखिने गरेको डाक्टर पन्तले बताईन ।

अस्पतालले सङ्क्रमणबाट जोगिनका लागि सङ्क्रमित व्यक्तिको नजिक नबस्न, भिडभाडमा नजान, बिरामीले प्रयोग गरेका औषधि, रुमाल, फोन, सिरानी तथा ओछ्यान प्रयोग नगर्न आग्रह समेत गरेको छ ।

त्यस्तै औषधि प्रयोग गरिसकेपछि हातधुने, आँखा नछुने तथा चस्माको प्रयोग गर्नुपर्छ । अनावश्यकरुपमा भिडभाडमा नजान तथा जानै परे चस्माको प्रयोग गर्न र लक्षण देखिएमा अस्पतालमा जाँच गराउन पनि डाक्टर पन्तले सुझाव दिईन् ।

तपाईको प्रतिक्रिया