कर्णाली प्रदेशमा ७९/०८० मा २०७ वटा जबरजस्ति करणीका मुद्दा दर्ता

सुर्खेत । कर्णाली प्रदेशमा आव २०७९/०८० मा २०७ वटा जबरजस्ति करणी सम्बन्धी मुद्दा दर्ता भएका छन् । जसमध्ये सुर्खेतमा सबैभन्दा बढी ८८ वटा मुद्दा दर्ता भएको छ भने डोल्पामा सबैभन्दा कम १ वटा मुद्दा दर्ता भएको छ ।

प्रदेश कार्यालयमा सोमबार पत्रकार सम्मेलनमार्फत  दिएकाे जानकारी अनुसार सल्यानमा २३, दैलेखमा १८, रुकुम पश्चिममा १७ , जाजरकोटमा ९, कालिकोट १७ र जुम्लामा १८ मुगुमा ७ र हुम्ला ९ वटा जबरजस्ति करणी सम्बन्धी मुद्दा दर्ता भएको छ ।

त्यसैगरीजबरजस्ति करणीका २३४ वटा प्रतिवादीहरू पक्राउ परेका छन् ।  भने ५५ जना फरार रहेका छन् । जबरजस्ति करणीको घटनाहरूबाट सबै भन्दा बढी १० देखी १६ उमेर समुहका बालिका ९४ जना, १० भन्दा कम उमेरका ४ जना , १७ देखी २५ वर्षसम्मका ७४, २६ देखी ३५ वर्षसम्मका २१, ३६ देखी ४५ वर्षसम्म ९, ४६ देखी ५९ वर्षसम्म ३ र ६० वर्षभन्दा माथि २ जना पीडित भएका छन् ।

महिला तथा बालबालिकामा हुने हिंसाहरुमा जबर्जस्ति करणी २०७, आत्महत्या १२३, वहुविवाह ७५ तथा अन्य विभिन्न एसिड आक्रमक, जबर्जस्ति करणी उद्येग, बेचबिखन लगायतका घटनाहरूका रहेका छन् ।

अपराध अनुसन्धान तर्फ आव २०७८/०७९ मा १ हजार ५५५ मुद्दा दर्ता भएकोमा २०७९/०८० मा १ हजार ७२९ मुद्दा दर्ता भएको प्रदेश कार्यालयले जनाएको छ । जुन ११.१८ प्रतिशतले बढी हो । जसमध्ये फर्छ्यौट ९०६ वटा सामान्य, गम्भीर र जघन्य प्रकृतिका कसूरहरू फर्छ्यौट भएका छन् भने १ हजार ४२७ जना पक्राउ गरिएको प्रदेश कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया