वीरेन्द्रनगरमा श्रम शोषणमा परेका दैलेखका एक बालकको उद्धार

सुर्खेत । वीरेन्द्रनगरमा श्रम शोषणमा परेका गुराँस ६ दैलेखका एक बालकलाई उद्धार गरिएको छ । वीरेन्द्रनगर ११ को अंकित होटलमा काम गरिरहेको अवस्थामा उनलाई उद्धार गरिएको गुराँस गाउँपालिकाका बालकल्याण अधिकारी राजु खत्रीले जानकारी दिए ।

सोसेक नेपालको सहयोगमा बालकल्याण अधिकारी राजु खत्री तथा गुराँस ६ का वडा अध्यक्ष चन्द्रबहादुर रानाले उनको उद्धार गरेका हुन् ।

जोखिममा रहेका बालक कक्षा ६ मा अध्ययन गर्छन् । उद्धारपछि उनलाई आवश्यक पर्ने कापी, कलम तथा विद्यालय पोशाक समेत प्रदान गरि घर फर्काईएको हो ।

नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक अन्तर्रगत धारा ३९ विपरित उनलाई काममा लगाइएकोले उनको उद्धार गरिएको खत्रीले बताए ।

तपाईको प्रतिक्रिया