महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि उत्तर कोरियाली अधिकारीहरुले कडा कदम उठाएकाछन् । उनीहरुले चीन हुँदै आफ्नो देशमा छिर्नेलाई गोली हान्नेसम्मको आदेश जारी गरेका हुन् ।
अन्तर्राष्ट्रिय न्युुज एजेन्सी एएफपीले दक्षिण कोरियास्थित अमेरिकी सेनाका कमाण्डरलाई उद्धृत गर्दै यसमा जानकारी दिएको हो ।
स्वास्थ प्रणाली खासै सुुदृृढ नभएपनि उत्तर कोरियामा अहिलेसम्म कोरोना भाइरसको एउटै पनि संक्रमणको घटना दर्ता भएको छैन ।
प्योङयाङले महामारी रोक्नका लागि गत जनवरीमै चीनसँगको सीमा क्षेत्र बन्द गरेको थियो । गत जुलाईमा सुरक्षा व्यवस्था कडा बनाउँदै उसले संकटकाल लगाएको थियो ।
एएफपीको समाचारअनुसार उत्तर कोरियाली स्पेशल अपरेशन फोर्सलाई सीमामा तैनाथ गरिएको छ, त्यस्तै स्ट्राइक फोर्सलाई गोली हान्नेसम्मको आदेश दिइएको छ ।
आणविक कार्यक्रमका कारण बाँकी विश्वले आर्थिक प्रतिबन्ध लगाइरहेका बेला चीनसँगको सीमा बन्द भएपछि उत्तर कोरियामा थप असर देखिएको छ । चीनबाट ढुवानी हुने सामाग्री ८५ प्रतिशतले कम भएको छ ।
नेपालीरैबार । २०७७ भाद्र २७, शनिबार