सुर्खेत । सुर्खेत महिला जेसीजकाे उत्कृष्ट नारीमा नन्दा बस्याल सम्मानित भएकि छन् ।
विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपकी स्वर्ण पदक विजेता नन्दा बस्याललाई सुर्खेत महिला जेसीजले सम्मान गरेकाे हाे ।
यस्तै सुर्खेत महिला जेसीजकाे सप्ताहव्यापी कार्यक्रम सम्पन्न शनिबारबाट सम्पन्न भएकाे छ । जेसीजले एक हप्तासम्म वीभिन्न कार्यक्रम गरेर सप्ताव्यापी मनाएकाे थियाे । गत शनिवारबाट सुरू भएकाे सप्ताहव्यापी कार्यक्रम आज शनिबार सम्मन्न गरिएकाे हाे ।
जेसिजले सात दिनसम्म ट्राफिक सचेतना कार्यक्रम, ओशाे मेडिटेसन, बृक्षाराेपण कार्यक्रम, मनाेसामाजिक सु- स्वास्थ तालिम,सम्पन्न गरेकाे छ । यस्तै बक्तित्वकला कार्यक्रम, फलफुल वितरण तथा भजन कार्यक्रम गरिएकाे थियाे । यस्तै कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएकाे थियाे ।।
कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री बेदराज सिंह, सुर्खेत उघाेग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेल, सुर्खेत काक्रेविहारका अध्यक्ष रमेश कुमार सापकोटा लगाएतले सुर्खेत महिला जेसीजलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
नेपालीरैबार । २०८० भाद्र २, शनिबार