बझाङ भूकम्पमा घाइते हुनेको संख्या १७ पुग्यो, एकजना बेपत्ता

सुर्खेत ।  बझाङ भूकम्पमा घाइते हुनेको संख्या १७ पुगेको छ । एकजना बेपत्ता रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् । उनका अनुसार दुई महिलाको हात खुट्टा भाँचिएको छ ।

केही व्यक्तिलाई अन्यत्र रिफर गरिएको छ । केहीलाई सामान्य उपचारपछि घर फर्काइएको छ । घरहरू चर्किएमा छन्, कति घर ध्वस्त भएका छन् । उनका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ ।

तपाईको प्रतिक्रिया