काठमाडौं । अफगानिस्तानको पश्चिमी बाडगिस प्रान्तमा पूर्व अफगान सिनेट र उनका पाँच जना सुरक्षाकर्मीको हत्या भएको छ । कतारमा अफगान सरकार र विद्रोही तालीवानी समूहसँग शान्ति वार्ता जारी रहेका बेला पूर्व सिनेटसहित सुरक्षाकर्मीको हत्या भएको हो ।
मध्य प्रदेशका कार्यबाहक राज्यपाल फैज मोहम्मद मिर्जाजादाले रंगीन मुस्कवानी सवार गाडीमा आत्मघाती बम बिस्फोट गराइएको पुष्टि गर्नुभयो । बम बिस्फोट भएलगत्तै उनका सुरक्षाकर्मी र तालिवानी लडाकूहरुबीच गोली हानाहान भएको प्रत्यक्षदर्शीलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कतारमा जारी वार्तामा सरकारले स्थायी युद्धविरामको घोषणा गरेपनि विद्रोहीले भने आफ्ना मुख्य माग पूरा नभएसम्म सरकारको प्रस्ताव नमान्ने बताउँदै आएको छ ।
तालिवानी समूहले अफगानिस्तानलाई इस्लाम कानूनअन्र्तगत सञ्चालन गर्नुपर्ने लगायतका माग राख्दै आएको छ । अफगानिस्तानमा सन् २००३ यता सरकार तालिवानीबीच लगातार युद्ध हुँदै आएको छ ।
नेपालीरैबार । २०७७ भाद्र ३०, मंगलवार