काठमाडौं । बागमती प्रदेशका भौतिका पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
४२ वर्षीय यामबहादुर सुवेदी हेटौँडा-११ स्थित बनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले मंगलबार बिहान भण्डारी झुन्डिएको अवस्थामा भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
नेपालीरैबार । २०८० कार्तिक २१, मंगलवार