बझाङमा भूकम्पकाे परकम्प

सुर्खेत। बझाङको धमेना केन्द्रबिन्दु भएर चार दशमलव पाँच रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले बिहान ११ बजेर ३७ मिनेटको समयमा परकम्प गएको हो । केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोकविजय अधिकारीले बझाङमा धमेनामा भूकम्पपछि फेरि परकम्प गएको जानकारी दिए।


गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर छ दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता धेरैपटक परकम्प गएको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया