आजको मौसम आंशिक बदलीदेखि हिमपातसम्म

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू–भागमा आंशिक बदली हुनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

हुम्लामा परेकाे हिउ । तस्वीर साैजन्य पत्रकार नरज‌ंग तामाङ हुम्ला ।

हिमपातको सम्भावना रहेकाले चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चिसो बढ्ने क्रममा रहेकाले सतर्क हुनु पर्ने विभागको भनाइ छ ।

आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

राति लुम्बिनी प्रदेशलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

विभागले कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया