वीरेन्द्रनगरको शिव सुन्दर स–मिलमा आगलागि, करोडौँको क्षति

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ ईत्राम खोला स्थित शिव सुुन्दर स–मिलमा भिषण आगलागि भएको छ । आज बिहान ५ः३० बजेनै विद्युत तारा सट भएर आगलागि भएको प्रारम्भिक अनुमान गरिएको छ ।


देवीलाल पौडेल सञ्चालक रहेको उक्त मिलमा काठका सामाग्रीहरु बनाउने करोडौँका मेसिनहरु रहेका थिए । उक्त मेसिनहरु ध्वस्त भएका छन् । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । त्यहाँ नेपाली सेना, प्रहरी, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया